रोनाल्डोले गरे ब्याक टु ब्याक ह्याट्रिक

3 Apr, 2024

३९ वर्षीय सुपरस्टार क्रिस्टयानो रोनाल्डोले साउदी प्रो लिगमा लगातार ह्याट्रिक गरेका छन्। अघिल्लो खेलमा अल टाइविरुद्ध ह्याट्रिक गरेका रोनाल्डोले मंगलबार राति अबाहविरुद्ध ह्याट्रिक गरे।

रोनाल्डोको ह्याटिङक मद्दतमा अल नासरले खेल ८–०ले जितेको छ। जसमा रोनाल्डोले पहिलो हाफमै ह्याट्रिक गर्दा अल अलिवाले २ तथा साडियो माने, अल सुलाहिम, अब्दुल्राहमन गारिब समान १ गोल गरेका थिए।

अल नासरले पहिलो हाफमा ५ र दोस्रो हाफमा ३ गोल गरेका थिए। अलनासरले रोनाल्डो र मानेलाई हाफ टामइमै परिवर्तन गरेको थियो।

यो सिजन रोनाल्डोले लिगमा २४ खेलमा २९ गोल गरेका छन्। र, उनले गोल्डेन बुटको रेसमा एलेक्जेन्डर मेट्रोभिचलाई पछ्याइरहेका छन्। उनले ३३ गोल गरेका छन्।

यो सिजन गोल्डेन बुट जिते रोनाल्डो चार फरक लिगमा गोल्डेन बुट जित्ने पहिलो खेलाडी बन्ने छन्।

यता, रोनाल्डोले समग्रमा यो सिजन ४१ खेलमा ४२ गोल गरेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]