आईपिएलमा कोलकाता नाइट राइडर्सले जितको यात्रालाई तेस्रो खेलसम्म निरन्तरता दिएको छ।
बुधबार राति विशाखापटनममा भएको खेलमा सुनिल नारिनको विस्फोटक ब्याटिङ मद्दतमा कोलकाताले दिल्ली क्यापिटल्समाथि १०७ रनको फराकिलो अन्तरले हरायो। यो कोलकाताको लातागार तेस्रो जित हो। दिल्लीले भने ३ खेलमा १ जितमात्र निकालेको छ।
कोलकाताले दिएको २७३ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले १७.२ओभरमा १६६ रनमा अलआउट भयो। उसका लागि दिल्लीका कप्तान रिशभ पन्त र त्रिस्टन स्टब्सले अर्धशतक बनाए।
पन्तले २५ बलमा ४ चौका र ५ छक्का प्रहार गरी ५५ रन बनाए भने स्टुब्सले ३२ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५४ रन जोडे। डेविड वार्नर १८, पृथ्वी श १० रन बनाएर आउट हुँदा मिचेल मार्श र अभिशेक पोरेल शून्य रनमै आउट भए। माथिल्लो क्रम धरासायी बन्दा दिल्ली ठूलो लक्ष्य पछ्याउँदा सुरुआतमै दबाबमा परेको थियो।
कोलकाताका वैभव अरोरा र वरून चक्रवर्थीले समान ३ विकेट लिए भने मिचेल स्टार्कले २ तथा आन्द्रे रसेल र सुनिल नारायणले समान १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको कोलकाताले विस्फोटक ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २७२ रन बनायो। यो आइपिएल इतिहासकै दोस्रो ठूलो स्कोर हो। यसअघि सनराइजर्स हैदरावादले मुम्बईविरुद्ध २७७ रन बनाएको थियो। कोलकातासामू त्यो रेडर्क तोड्ने अवसर थियो तर, अन्तिम ओभरमा इशान्त शर्माले उत्कृष्ट बलिङ गरेपछि त्यो सम्भव भएन।
उसका लािग सुनिल नारिनले सर्वाधिक ८५ रन बनाए। विस्फोटक ब्याटिङ गरेका उनले ३९ बलमा ७ चौका र ७ छक्का प्रहार गरे। यस्तै, युवा ब्याट्सम्यान अंक्रिश रघुवंशीले २७ बलमा ५ चौका र ३ छक्का प्रहार गरी ५४ रन बनाए।
यस्तै, आन्द्रे रसेलले ४१, रिंकु सिंहले २६, कप्तान श्रीयास ऐयरले १८ र फिल साल्टले १८ रनको योगदान गरे।
बलिङमा दिल्लीमा एनरिच नोर्कियाले ३ तथा इशान्त शर्माले ३ विकेट लिए।