सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

टी-२० आईको अलराउन्डरमा दीपेन्द्र पाँचौं स्थानमा झरे

नेपाली क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसीकाे टी-२०आई अलराउन्डर वरियतामा एक स्थान तल झरेका छन्।

आईसीसीले बुधबार गरेकाे नयाँ अपडेटमा दीपेन्द्र चौथोबाट पाँचौं स्थानमा झरेका छन्। उनको रेटिङ अंक २५५ छ

नेपाली पुरुष टोलीले एसियन गेम्स खेलेपछि पछिल्लो समय टी-२०आई खेलेको छैन।

दीपेन्द्रभन्दा तल रहेका रस्टन चेजले हाल भारतसँगको टी-२०आई शृङ्खलामा खेलिरहेका छन्। त्यहाँ गरेको प्रदर्शनका आधारमा चेज तेस्रोमा उक्लिएकाले दीपेन्द्र तल झरेका हुन्।

अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् भने दोस्रो स्थानमा पाकिस्तानका सइम अयुब छन्।

1.3Kशेयर