लगातार खराब प्रर्दशनपछि नेपाल फिफा वरियता ३ स्थान तल झर्‍यो

4 Apr, 2024

लगातार खराब प्रर्दशन गरिरहेको नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरियतामा ओरालो झरिरहेको छ। विश्वकप छनोटमा खराब प्रदर्शन गरेको नेपाली टिम फिफाको नयाँ वरियतामा ३ स्थान तल झरेको छ।

१७५औं स्थानमा रहेको नेपाल ३ स्थान तल झर्दै १७८ मा आइपुगेको छ।

२ साताअघि मात्र भएको छनोटमा नेपाल बहराइनसँगका दुवै खेलमा पराजित भएको थियो। नेपालले पहिलो खेल ५–० र दोस्रो खेल ३–०ले गुमाएको थियो।

त्यसअघि भएका छनोटका २ खेलमा नेपाल यमन र युएईसँग पनि पराजित भएको थियो। विश्वकप छनोटका ४ खेलमा १४ गोल खाएको नेपालले १ गोल पनि गर्न सकेको छैन।

दक्षिण एसियामा भारत शीर्ष स्थानमा छ। तथापी भारतको पनि फिफा वरीयतामा भने गिरावट आएको छ। ११७ स्थानबाट ४ स्थान घटुवा हुँदै १२१ औं स्थानमा आएको हो।

माल्दिभ्स १६१औं स्थानमा रहँदै दक्षिण एसियामा दोस्रो स्थानमा रहेको छ । नेपाल दक्षिण एसियामा तेस्रो स्थानमा छ । बंगलादेश १८४औं स्थान, भुटान १८५औं, पाकिस्तान १९५औं र श्रीलंका २०४औं स्थानमा छ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]