विराटको शतकमाथि बट्लरको शतक हावी

7 Apr, 2024

विराट कोहलीले शतकका बाबजुद रोयल च्यालेञ्जर्स बैंग्लोर। आईपिएलमा पराजित भएको छ। शुक्रबार राति जयपुरमा भएको खेलमा विराटको शतमाथि बट्लरको शतक हावी भएपछि बैंग्लोर राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भयो।

कोहलीको शतकमा बैंग्लोस दिएको १८४ रनको लक्ष्य राजस्थानले ५ बल बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्टायो। राजस्थानका लागि जोश बट्लरले शतक पूरा गरे। उनले ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै १०० रन बनाए।

यस्तै, कप्तान सन्जु सामसनले ४२ बलमा ८ चौका र २ छक्काको मद्दतले ६९ रनको योगदान गरे। शिम्रोन हेटमेयर ११ रन बनाएर नट आउट रहे।

बलिङमा बैंग्लोरका रिस टोप्लेले २ तथा यश दयाल र मोहम्मद सिराजले समान १ विकेट लिए।

पहिलो ब्याटिङ गरेको बैंगलुरूले ३ विकेट गुमाएर १८३ रन बनाएको थियो। विराट कोहली ७२ बलमा १२ चौका र ४ छक्का प्रहार गरी ११३ रन बनाएर नट आउट रहे। अर्का ओपनर तथा कप्तान फाफ डु प्लेसिसले ३३ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ४४ रन बनाए।

अन्य ब्याटरहरूले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङतर्फ राजस्थानका युजवेन्द्र चाहलले २ र नन्द्रे बर्गरले १ विकेट लिए।

चार खेलमा चारै खेल जितेको राजस्थान अंक तालिकाको शीर्ष स्थानमा छ। ५ खेल खेलेकोमा १ खेलमात्रै जितेको बैंग्लोर आठौं स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]