दिल्लीले भित्र्यायो दक्षिण अफ्रिकाका फास्ट बलर लिजाड विलिययम्स

8 Apr, 2024

दिल्ली क्यापिटल्सले दक्षिण अफ्रिकाका फास्ट बलर लिजाड विलियम्सलाई टिममा अनुबन्धन गरेको छ। दिल्लीले विलियम्सलाई इंग्लिस ब्याट्सम्यान ह्यारी ब्रुकको स्थानमा टिममा राखेको हो।

ब्रुकले आईपिएल सुरु हुनुअघि नै पारिवारिक कारण देखाउँदै प्रतियोगिता नखेल्ने बताएका थिए। तर, दिल्लीले ५ खेलसकिएपछि ब्रुकको स्थानमा विलियम्सलाई ल्याएको हो।

३० वर्षीय विलियम्स पहिलो पटक आईपिएलमा आबद्ध भएका हुन्। उनले दक्षिण अफ्रिकाबाट दुई टेस्ट, चार एकदिवसीय र ११ टि–२० अन्तर्राष्ट्रिय खेलेका छन्।

जारी सिजन खराब प्रदर्शन गरिरहेको दिल्लीले विलियम्सलाई डेथ ओभर बलरका रुपमा टिममा खेलाउन सक्छ।

डेथमा अर्का दक्षिण अफ्रिकाका फास्ट बलर एनरिच कोर्किया महँगो सावित भएपछि दिल्लीले डेथ बलरको खोजीमा छ। उनले ५ मध्ये ४ खेलमा आफ्नो अन्तिम ओभरमा २० भन्दा बढी रन दिएका छन्।

दिल्ली ५ खेलमा १ मा जित र ४ मा हारसहित पुछारमा छ । राजस्थान ४ खेलमा ८ र कोलकाता ३ खेलमा ६ अंकका साथ शीर्ष र दोस्रो स्थानमा छन्

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]