सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

आईपिएलमा लो स्कोरिङ म्याचमा पञ्जावमाथि राजस्थानको जित

इन्डियन प्रिमियर लिग (र्आइपिएल) अन्तर्गत शनिबार राति भएको लो स्कोरिङ थ्रीलर म्याचमा राजस्थान रोयल्स विजयी भएको छ। राजस्थानले पञ्जब किग्सलाई ३ विकेटले हरायो।

पञ्जाबले दिएको १४८ रनको लक्ष्य राजस्थानले १ बल बाँकी छँदा ७ विकेटको क्षतिमा भेट्टायो। उसका लागि सिम्रन हेटमायरले १० बलमा २७ रन बनाउँदै टिमलाई जित दिलाए।

यस्तै, यशस्वी जैसवालले २८ बलमा ३८, तनुस कोटिनले २४ र रियान परागले २३ रनको योगदान दिए।

बलिङमा पञ्जाबका कप्तान साम करण र कागिसो रबाडालो समान २ विकेट लिए। यस्तै, अर्शदीप सिंह, लिअम लिभिङ्स्टन र हर्षल पटेलले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १४७ रन बनायो। उसका लागि आशुतोष शर्माले सर्वाधिक ३१ रन बनाए। उलने १६ बलमा १ चौका र ३ छक्का प्रहार गरे।

यस्तै, जितेश शर्माले २४ बलमा १ चौका र २ छक्का मद्दतमा २९, लिभिङ्स्टनले १४ बलमा २१ रन बनाउँदा ओपनरद्वय अथर्व ताइडे र जोनी बेइस्टोले समान १५ रन बनाए।

बलिङमा राजस्थानका केशव महाराज र आभेस खानले समान १ विकेट लिँदा ट्रेन्ट बोल्ट, कुलदीप सेन र युजभेन्द्र चहलले समान १ विकेट लिए।

यो जितपछि राजस्थान ६ खेलमा १० अंक जोड्दै शीर्ष स्थानमै छ। यता, पञ्जाब भने ६ खेल २ जित मात्र निकाल्दै ४ अंकसहित आठौं स्थानमा छ।

1.3Kशेयर