इंन्डियन प्रिमियर लिग (आईपिएल)मा जस बटलरलको शतकको मद्दतले राजस्थान रोयल्स विजयी भएको छ। मंगलबार इडेन गर्डेलमा भएको खेलमा बट्लरको शतक मद्दतमा राजस्थानले कीर्तिमान रन चेज गर्दै २विकेटको जित निकाल्यो।
यो जितपछि उसको सात खेलमा ६ जित निकालेको राजस्थान १२सहित शीर्ष स्थानमा छ। ४ जित निकालेको कोलकाता ८ अंकसहित दोस्रो स्थानमा छ।
२२४ रनको लक्ष्य राजस्थानले अन्तिम बलमा ८ विकेटको क्षतिमा भेट्टायो। योसँगै उसले सर्वाधिक ठूलो स्कोर चेज गर्ने आफ्नै कीर्तिमान बराबरी गरेको छ।
इम्पाक्ट सब्टिच्युटका रूपमा मैदानमा प्रवेश गरेका बटलरले ६० बलमा १ सय ७ रन बनाए । उनले नौ चोका र छ छक्का प्रहार गरे । आईपिएलमा बट्लरको यो सातौं शतक हो।
इनिङ्सले १३ ओभर छुँदा राजस्थान छ विकेट गुमाएर १ सय २१ रनको स्थितिमा थियो र उसमाथि हारको डर थियो । तर बटलरले त्यसपछि उत्कृष्ट आक्रामक ब्याटिङ गरे। यस्तै, रियान परागले १४ बलमा ३४ रन बनाउँदा रोवमन पावेलले १३ बलमा २६ रन बनाए।
बलिङमा कोलकाताका बरुण चक्रावर्ती, सुनिल नारिन र हर्षित रानाले समान २ विकेट लिए।
त्यस अगाडि कोलकाताले सुनिल नारानको १ सय ९ रनको मदतले छ विकेटमा २ सय २३ रन बनाएको थियो। उनले ५६ बलमा १३ चौका र ६ छक्का प्रहार गरे।
यस्तै, अग्रिस रघुवंशीले १८ बलमा ३०, रिंकु सिंहले ९ बलमा २० रन बनाए। बलिङमा कुलदीप सेन र आभेष खानले समान १ वकेट लिए।