आईपिएलमा चेन्नईलाई लखनउले हरायो

20 Apr, 2024

इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जाइन्ट्स विजयी भएको छ। शुक्रबार राति भएको खेलमा खेलमा लखनउले चेन्नइ सुपर किंग्सलाई ८ विकेटले हरायो।

पहिला चेन्नइले दिएको १७७ रनको लक्ष्य लखनउले १९ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो।

लखनउका कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतक बनाए। उनीहरूले पहिलो विकेटका लागि १३४ रनको साझेदारी गरे। यो साझेदारी लखनउको सिजनको सर्वाधिक ठूलो साझेदारी हो।

केएल राहुलले ५३ बलमा ९ चौका र ३ छक्काले ८२ रन बनाउँदा डि ककले ४३ बलमा ५ चौका र १ छक्का मद्दतमा ५४ रन बनाए। निकोलस पुरन २३ र मार्कुस स्टोनिसले ८ रनमा अविजित रहे।

बलिङमा चेन्नइका मुस्ताफिजुर रहमान र मथिसा पथिरानाले समान १ विकेट लिए।

पहिला ब्याटिङ गरेको चेन्नइले रविन्द्र जडेजाको अर्धशतक मद्दतमा ६ विकेटको क्षतिमा १७६ रन बनायो। जडेजाले सर्वाधिक ४० बलमा ५ चौका र १ छक्का मद्दतमा ५७ रन बनाउँदा अजिन्के रहानेले ३७, मोइन अलीले ३०, महेन्द्रसिंह धोनीले २८ रन बनाए।

बलिङमा लखनउका कुर्नाल पाड्याले २, मोसिन खान, यश ठाकुर, रवि विश्नोइ र मार्कुस स्टोइन्सले समान १ विकेट लिए,

यो जितसँगै ८ अंक जोडेको लखनउ पाँचौं स्थानमा छ भने समान अंक भए पनि चेन्नइ रनरेटका आधारमा तेस्रो स्थानमा छ ।