काठमाडौं पिंक केयराथोन सम्पन्न

20 Apr, 2024

महिलाको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले शनिबार काठमाडौंमा पिंक केयराथन भएको छ। लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा पिंक केयराथोन गरेको हो।

महिलाको दौड, जुम्बालगायतका विभिन्न गतिविधि भएका छन्। पिंक केयराथोनअन्तर्गत ५ किमि र २० किमि दौड भएको थियो भने दौडिन नसक्नेहरुले ३ किमि हिँडेर दुरी पार गरेका थिए।

केयराथोनमा प्रहरीबाहेक १२ सय जना महिलाहरुले भाग लिएका थिए । सधैं घरायसी काम र दैनिकीमा व्यस्त रहने महिलालाई आफ्नो स्वास्थ्यका लागि पनि समय निकाल्न प्रेरित गर्दै केयराथोन कार्यक्रम आयोजना गरिएको लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए।

महिला स्वास्थ्य, सचेतना र लोक कल्याणको क्षेत्रमा विविध कार्यक्रम गर्दै आएको नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी पराजुली कुँवरले केयराथोनले महिलालाई आफ्नो र परिवारको स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्ने बताइन्।

पिंक केयराथनकी ब्रान्ड एम्बासडर तथा अभिनेतृ नीति शाहले आफू सेलिब्रेटी भएर भन्दा पनि महिलाकै लागि गरिएको इभेन्टका कारण यससँग आबद्ध भएको बताइन् ।

लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म तिन वर्ष काठमाडौं पिंकाथन आयोजना गरेको थियो ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]