सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

स्टोइनिसको सानदार शतकमा लखनउले चेन्नईलाई हरायो

मार्कस स्टोइनिसको सानदार शतकमा लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२४ को ३९ औं खेलमा घरेलु टोली चेन्नईलाई ६ विकेटले हराएको छ ।

२११ रनको लक्ष्य पछ्याएको लखनउले १९।३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । लखनउको जितमा मार्कस स्टोइनिसले ६३ बलमा १३ चौका र ६ छक्कासहित १२४ रनको अविजित शतकीय इनिङ खेले ।

लखनउलाई जित्नलाई अन्तिम ६ बलमा १७ रन चाहिएको थियो । मुश्ताफिजुर रहमानलाई छक्का, चौका, नो बलमा चौका र फेरि पनि चौका हान्दै उनले सहजै खेल जिताए ।

निकोलस पुरन १५ बलमा ३ चौका र २ छक्कासहित ३४, देवदत्त पाडिक्कल १३, राहुल १६ र क्विन्टन डि कक शून्यमा आउट भए । दीपक हुडाले ६ बलमा २ चौका र १ छक्कासहित १७ रन बनाए ।

चेन्नईका मथिसा पाथिरानाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । दीपक चाहर र मुश्ताफिजुर रहमानले १–१ विकेट लिए ।

त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै २१० रन बनाएको थियो । चेन्नईका कप्तान ऋतुराज गायकवाडले ६० बलमा १२ चौका र ३ छक्कासहित १०८ रनको शतकीय इनिङ खेले पनि जिताउन सकेनन् ।

शिवम दुबेले २७ बलमा ३ चौका र ७ छक्कासहित ६६, अजिंक्या रहाणे १, डर्याल मिचेल ११ र रविन्द्र जडेजाले १६ रन बनाए । लखनउका म्याट हेनरी, मोहसिन खान र यश ठाकुरले १र१ विकेट लिए ।

लखनउ ८ खेलमा ५ मा जितसहत १० अंकका साथ चौथो स्थानमा छ । चेन्नई ८ खेलमा समान चारमा हार र जितका साथ पाँचौं स्थानमा छ । राजस्थान ८ खेलमा ७ मा जितका साथ शीर्षस्थानमा छ ।

1.3Kशेयर