राष्ट्रिय महिला भलिबलमा आर्मीमाथि एपिएफको जित, आर्मी दोस्रो हार

25 Apr, 2024

काठमाडौं, वैशाख १३ : राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टिम एपिएफ क्लबले लगातार दोस्रो जित निकालेको छ।

राखेप कभर्डहलमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटमा हरायो।

खेलमा एपिएफले सुरुआती दुई सेट जितेको थियो । पहिलो सेट २५–२३ ले जितेको एपिएफले दोस्रो सेट पनि २५–२३ले नै जितेको थियो।

त्यसपछिका दुई सेट २५–१३ र २५–१४ जित्दै आर्मी खेलमा फर्किएको थियो। तर, अन्तिम खेलमा १५–९को जितसहित एपिफले विभागीय डर्बी आफ्नो पक्षमा बनायो।

यसअघि एपिएफ क्लबले पहिलो खेलमा विभागीय टोली नेपाल प्रहरीको पुलिस क्लबलाई ३–१ सेटमा पराजित गरेको थियो। यता, आर्मी भने पहिलो खेलमा न्यु डायमन्ड एकेडेमीसँग ३–१ले पराजित भएको थियो।

४ सिटम सहभागी प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार, दोस्रो हुने टोलीले २लाख ५० हजार, तेस्रो हुनेले १ लाख २५ हजार र चौथो हुने टोलीले ६२ हजार पुरस्कार पाउनेछन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]