सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

ज्याक्सको शतकमा २०१ रनको लक्ष्य बैंग्लुरुले १६ ओभरमै भेट्टायो

इन्डियन प्रिमियर लिग (आईपिएल)मा रोयज च्यालेन्जर्स बेंग्लुरुले लागतार दोस्रो जित निकालेको छ। आइतबार भएको पहिलो खेलमा बैंग्लुरुले गुजरात टाइन्समाथि ९ विकेटको सानदार जित निकाल्यो।

विल ज्याक्सले विस्फोटक ब्याटिङ गर्दै शतक बनाएपछि बैंग्लुरुले २०१ रनको लक्ष्य १६ ओभरमै भेट्टायो। ज्याक्सले ४१ बलमा ५ चौका र १० छक्का प्रहार गर्दै नटआउट १०० रन बनाए। उनले दोस्रो विकेटका लागि विराट कोहलीसँग १६६ रनको साझेदारी गरे।

कोहलीले ४४ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ७० रन बनाए भने कप्तान फाफ डु प्ल्ेसिसले १२ बलमा २४ रन बनाए। बैंग्लुरुको एकमात्र विकेट साई किशोरले लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित ओभरमा ३ विकेटको क्षतिमा २ सय रन बनायो। गुजरातका लागि साइ सुदर्शनले ८४ रनको नटआउट पारि खेल्दा मोहमद सारुख खानले ५८ रनको पारि खेले ।
सुदर्शनले ४९ बलमा चार छक्का र आठ चौका प्रहार गरेका थिए । यसैगरी सारुख खानले ३० बलमा ५८ रन बनाउँदा ५ छक्का र ३ चौका प्रहार गरे।

यसैगरी डेभिड मिलरले नटआउट २६ रन बनाउँदा कप्तान शुभमन गिलले १६ रन बनाए । बेंग्लुरुका लागि स्वपनिल सिंह, मोहमद सिराज र ग्लेन म्याक्सवेलले समान एक एक विकेट लिए।

यो जितसँगै बैंग्लुरुको प्लेअफ सम्भावना कायमै छ।

1.3Kशेयर