हैदरावादलाई हराउँदै चेन्नई आईपिएलको तेस्रो स्थानमा

29 Apr, 2024

डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपिएल)को तेस्रो स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा सनराइजर्स हैदराबादमाथि ७८ रनको फराकिलो जित निकाल्दै चेन्नइ तेस्रो स्थानमा उक्लिएको हो।

२१३ रनको लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमै १३४ रन बनाएर अलआउट भयो। यो सिजन हैदरावाद पहिलो पटक अलआउट भएको हो।

हैदराबादका लागि एडन मार्क्रमको सर्वाधिक ३२ रन बनाए। यस्तै, हेनरिक क्लासन २०, अब्दुल समाद १९, ट्राभिस हेड र नितिश रेड्डीले समान १५ रन जोडे।

चेन्नइका तुषार देशपाण्डेले चार विकेट लिए भने मुस्तफिजुर रहमान र मथिशा पाथिरानाले समान २ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नइले मात्र ३ विकेटको गुमाएर २१२ रन बनाएको थियो। उसका कप्तान रुतुराज गाइकवाडले ९८ रन बनाए । ड्यारिल मिचेलले ५२ र शिवम दुबेले ३९ रनको योगदान गरे।

हैदराबादका भुवनेश्वर कुमार, नटराजन र जयदेव उनादकटले समान १ विकेट लिए।

यो जितसँगै चेन्नइ १० अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । हैदराबाद १० अंक भए पनि रनरेटका आधारमा चौथो छ।