सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

पञ्जाबले चेन्नईलाई उसकै घरमा हरायो, पञ्जाबको प्लेअफ आशा कायमै

इन्डियन प्रिमियर लिग (आईपिएल)मा पञ्जाब किंग्स विजयी भएको छ। बुधबार राति भएको खेलमा पञ्जाबले चेन्नई सुपर किंग्सलाई उसकै घरमा ७ विकेटले हरायो।

चेन्नईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेट्टायो। उसका लागि जोनी बइर्स्टोले सर्वाधिक ४६ रन बनाए। उनले ३० बलमा ७ चौका र १ छक्का प्रहार गरे।

पञ्जाबका लागि

शशांकले २६ बलमा १ चौका र १ छक्का प्रहार गरे भने कप्तान साम करणले २० बलमा ३ चौका प्रहार गरे।

यस्तै, जोनी बेरि रिली रोसोले २३ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४३ रन बनाउँदा शशांक सिंह २५ रन र कप्तान साम करण २६ रन बनाएर नट आउट रहे।

बलिङमा चेन्नईका शार्दुल ठाकुर, रिचर्ड ग्लेशन र शिवम दुबेले समान १ विकेट लिए।

घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले ७ विकेट गुमाएर १६२ रनमात्र बनाउन सक्यो । उसका लागि कप्तान रूतुराज गायकवाडले सर्वाधिक ६२ रन बनाए। उनले ४८ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

त्यस्तै ओपनर अजिन्क्या रहानेले २४ बलमा ५ चौका प्रहार गरी २९ रन बनाउँदा समीर रिज्वीले २१, मोइन अलीले १५ रन बनाए।

बलिङमा पञ्जाबका हरप्रित ब्रार र राहुल चाहरले २र२ विकेट लिँदा कगिशो रबाडा र अर्शदीप सिंहले समान १ विकेट लिए।

आईपिएलमा चेन्नई पञ्जाबसँग लागातार ५ खेल पराजित भएको छ। चेन्नई १० खेलबाट १० अंक जोड्दै तालिकाको चौथो स्थानमा छ भने पञ्जाब ८ अंक जोडेर छैटौं स्थानमा छ। उसको पनि प्लेअफ सम्भावना कायमै छ।

1.3Kशेयर