लखनउलाई हराउँदै कोलकाता आईपिएलको शीर्ष स्थानमा उक्लियाे

6 May, 2024

कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई उसकै मैदानमा ९८ रनले हराउँदै कोलकाता शीर्ष स्थानमा उक्लिएको हो।

११ खेलबाट कोलकाताले १६ अंक जोडेको छ। एक कम खेलेको राजस्थान रोयल्सको पनि १६ अंक भए पनि रनरेटका कारण पछि परेको छ। कोलकातासँग हारेको लखनउ १२ अंकका साथ पाँचौ स्थानमा छ।

कोलकाताले दिएको २३६ रनको लक्ष्य पछ्याएको लखनउ १६.१ ओभरमा १३७ रनमै अलआउट भयो। मार्कस स्टोइनिसले सर्वाधिक ३६ रन बनाए। कप्तान केएल राहुलले २५, एस्टन टर्नर १६, आयुश बदोनी १५ रन र निकोलस पुरनले १० रन बनाए ।

कोलकाताका हर्षित राना र वरुण चक्रवर्तीले समान ३, आन्द्रे रसले २, सुनिल नारायण र मिचेल स्टार्कले समान १ विकेट लिए।

पहिले ब्याटिङ गरेको कोलकाताले ६ विकेट गुमाएर २३५ रन बनाएको थियो । सुनिल नारायणले विस्फोटक ब्याटिङ गर्दै ३९ बलमा ८१ रन बनाए । अंगकृष रघुवंशी र फिल साल्टले ३२र३२, कप्तान श्रेयर ऐयरले २३, रमनदीप सिंहले २५ जोडे।

लखनउका नवीन उल–हकले ३ तथा यश ठाकुर, रवि विश्नोई र युधवीर सिंहले समान १ विकेट लिए ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]