सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

आईपिएलमा बैंग्लुरुको लगातार पाँचौं जित, प्लेअफ सम्भावना कायमै

[et_pb_section admin_label=”section”] [et_pb_row admin_label=”row”] [et_pb_column type=”4_4″][et_pb_text admin_label=”Text”]

रोयल च्यालेञ्जर्स बैंग्लुरू इन्डियन प्रिमियर लिग (आइपिएल)मा लागतार पाँचौं जित निकालेको छ। लागता पाँचौं जित निकाल्ने क्रममा आइतबार राति उसले दिल्ली क्यापिटल्सलाई ४७ रनले हरायो।

८ खेलमा ७ हारपछि प्रतियोतिगाबाट बाहिरिने संघारमा पुगेको अवस्थाबाट अगातार ५ जित निकाल्दै बैंग्लुरुले प्लेअफ सम्भावना कायमै राखेको छ। अब अन्तिम खेलमा चेन्नई सुपर किग्सलाई हराउन सके उसको प्लेअफ सम्भवना बलियो बन्ने छ।

बैंग्लुरुले आईपिएलमा २ पटक मात्र लागतार पाँच जित निकालेको छ, ती दुवै पटक बैंग्लुरु प्लेअफमा पुगेको छ। अन्तिम खेलमा जित निकाल्न सके दिल्लीको सम्भाना कायमै छ।

१८८ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा १४० रनमा अलआउट भयो। उसका लागि कप्तान अक्षर पटेलले अर्धशतक बनाए। उनले ३९ बलमा ५ चौका र ३ छक्का प्रहार गरी ५७ रन बनाए।

त्यस्तै शाइ होपले २३ बलमा ४ चौका प्रहार गरी २९ रन बनाए भने जेक फ्रेजर कगर्कले ८ बलमा २ चौका र २ छक्का प्रहार गरी २१ रन बनाए।

दिल्लीलाई सस्तैमा समेट्ने क्रममा यश दयालले ३ तथा लकी फर्गुशनले २ विकेट लिए।

पहिले ब्याटिङ गरेको बेंगलुरूले ९ विकेट गुमाएर १८७ रन बनायो। उसका लागि रजत पाटीदारले अर्धशतक बनाए। उनले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ५२ रन बनाए।

यस्तै, विल ज्याक्सले २९ बलमा ३ चौका र २ छक्का प्रहार गरी ४१ रन बनाउँदा क्यामरून ग्रीन ३२ र विराट कोहलीले २७ रन बनाए।

बलिङतर्फ दिल्लीका खलिल अहमद र रशिक सलामले समान २ विकेट लिए।

[/et_pb_text][/et_pb_column] [/et_pb_row] [/et_pb_section]
267शेयर