आईपिएलको लिग चरणको अन्तिम खेलमा दिल्ली दिल्ली क्यापिटल्स विजयी भएको छ। बुधबार राति भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्स १९ रनले हरायो।
यो नतिजापछि जितेको दिल्ली र हारेको लखनउ दुवैको प्लेअफ सम्भावना कठीन बनेको छ। दिल्लीको १४ र लखनउको १२ अकं भएको छ। लखनउले १ खेल खेल्न बाँकी छ। तर, दुवै खराब रन रेट भएकाले दुवैको प्लेअफ सम्भावना कठीन बनेको हो
दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्याएको लखनउले ९ विकेट गुमाएर १८९ रन बनाएको थियो। लखनउका लागि निकोलश पुरन र अर्शद खानले अर्धशतक बनाए।
पुरनले २७ बलमा ६ चौका र ४ छक्का प्रहार गरी ६१ रन जोड्दा खान ३३ बलमा ३ चौका र ५ छक्का प्रहार गरी ५८ रन बनाएर नट आउट रहे।
क्रुनाल पाण्ड्याले १८, युधवीर सिंहले १४, क्वीन्टन डिककले १२ रन बनाए भने अन्य ब्याटर चल्न सकेनन्।
बलिङतर्फ इशान्त शर्माले तीन विकेट लिए। त्यस्तै खलिल अहमद, अक्षर पटेल, मुकेश कुमार, कुलदीप यादव र ट्रिस्टन स्टुब्सल १र१ विकेट लिए।
पहिले ब्याटिङ गरेको दिल्लीले चार विकेट मात्रै गुमाएर २०८ रनको योगफल तयार गरेको थियो।
दिल्लीका लागि अभिषेक पोरेल र ट्रिस्टन स्टुब्सले अर्धशतक हाने।
अभिषेकले ३३ बलमा ५ चौका र ४ छक्का प्रहार गरी ५८ रन बनाए भने ट्रिस्टन स्टुब्स २५ बलमा ३ चौका र ४ छक्का प्रहार गरी ५७ रन बनाएर नट आउट रहे।
शाई होपले २७ बलमा ३ चौका र २ छक्का प्रहार गरी ३८ रन जोडे। कप्तान रिशभ पन्तले २३ बलमा ५ चौका हानेर ३३ रनको योगदान गरे। अक्षर पटेल १४ रन बनाएर नट आउट रहे।
बलिङतर्फ नवीन उल हकले २ तथा अर्शद खान र रवि बिस्नोईले समान १ विकेट लिए।