आईपिएल फाइनल आज, कसले जित्या उपाधि ?

26 May, 2024

१७औं संस्करणको इन्डियन प्रियिमर लिग (आईपिएल)को आज आन्तिम दिन। अन्तिम दिन सनराईजर्स हैदरावाद र कोलकाता नाइट राइडर्स भीड्दैछ।

चेन्नईस्थित एम चिदम्बरम स्टेडियममा हुने योखेलसँगै आईपिएलले १७औं संस्करणको विजेता पाउनेछ।

यो फाइनललाई दुई अस्ट्रेलियन फास्ट बलर पाट कमिन्स र मिचेल स्टार्कबीचको भीडन्तका रुपमा पनि हेलिरहेको छ। किनभने यी दुई आईपिएल इतिहासकै सबैभन्दा महँगा खेलाडी हुन्।

लिग चरणमा शीर्ष दुई रहेका यी दुई मध्ये कोलकाता पहिलो क्वालिफायरमा हैदरावादलाई नै हराएर फाइलन पुगेको हो भने हैदरावादले दोस्रो क्वालिफायरमा राजस्थान रोयर्सको चुनौती पन्छाउँदै कोलकातासँगको उपाधी भीडन्त पक्का गरेको हो।

कोलकाताले सन् २०१२ र सन् २०१४ मा उपाधि जितेको थियो। हैदरावादले सन् २०१६ मा उपाधि जितेको थियो । पछिल्ला केही सिजनमा धेरै संघर्ष गरेका दुवै टोलीमध्ये एकले ट्रफी जितेर उपाधिको खडेरी अन्त्य गर्नेछन्।

जारी आईपीएलमा कोलकाता हैदरावादमाथि हावी भएको देखिन्छ। यसअघि लिगमा पहिलो र दोस्रो भएपछि, कोलकाता र हैदरावादले नै क्वालिफायर १ पनि खेलेका थिए । सो खेल कोलकाताले ७ विकेटले जित्यो

आईपीएलको पछिल्लो संस्करणमा सुरुवाती खेलमा पराजित भएको टोलीसँग फाइनलमा पनि पराजित भएका धेरै उदाहरण छन्। केवल एक सिजनमा भने पराजित भएको टोलीले फाइनल जितेको थियो।

हैदराबाद च्याम्पियन बन्ने हो भने फेरि एकपटक उसले ब्याटिङमा राम्रो गर्नुपर्नेछ। ब्याटिङ उसको सवल पक्ष पनि हो, यो सिजन प्रतियोगिताको इतिहासकै दुई ठूलो स्कोर खडा गरेको छ, २ सय ७७ र २ सय ८७ रन । ब्याटिङमा उसका अविशेक शर्मा, ट्रभिस हेड र हेनरिच क्लासन मुख्य हतियार हुन्। यी मध्ये २ मात्र चले भने उसले ठूलो स्कोर बनाउन सक्ने भने ठूलो स्कोर पछ्याउन पनि सक्ने छ। बलिङमा उसका पाट कमिन्स र थंगरसन नटराजन मूख्य हतियार हुन्।

यता, कोलकाताले भने प्रतियोगिता भर बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। फर्ममा रहेका फिल सल्ट नरहेकाले उसको भरोसा सुनिल नारिन, आन्द्रे रसेल, वैंकटेस ऐयर र कप्तान श्रेयस ऐयरमा छ। बलिङमा उसका नारिन, हर्षित राना र वरुण चक्रवर्ती मूख्य हतियार हुन्।