आइतबार राति चेपकमा भएको फाइनलसँगै आईपिएलको १७औं संस्करण सकिएको छ। सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकाता नाइट राइडर्सले तेस्रो पटक आईपिएल उपाधि उचाल्यो।
कोलकातालाई तेस्रो पटक उपाधि दिलाउन बल र ब्याट दुवैबाट महत्वपूर्ण भूमिका खेलेका सुनिर नारिन प्रतियोगिताका मोस्ट भ्यालुएबल प्लेअर बने। उनले प्रतियोगिताम १ शतक र ३ अर्धशतक मद्दतमा ४८८ रन बनाउनुका साथै १७ विकेट लिएका थिए।
यस्तै, रोयल च्यालेन्जर्स बेंग्लुरुका विराट कोहलीले ओरेन्ज क्याप जितेका छन्। टिमलाई प्लेअफसम्म पुर्याउनेक्रममा उनले १ शतक र ५ अर्धशतक मद्दतमा सर्वाधिक ७४१ रन बनाएका छन्। उनको एभरेज ६१.७५ छ।
यता, पञ्जाब किंग्स प्लेअफ पुग्न असफल भएपछि हर्षल पटेल पर्पल क्याप जितेका छन्। समूह चरणका १४ खेलमा २४ विकेट लिँदै उनले पर्पप क्याप जितेका हुन्। प्रतियोगिताको सुरआत ठीकठाक प्रदर्शन गरेका उनले अन्त्यतिर भने उत्कृष्ट प्रदर्शन गरेका थिए।
यस्तै, हैदरावादका नितिशकुमार रेड्डी इमर्जिङ प्लेअयर बनेका छन्। उनले ब्याटिङम ३०३ रन बनाउनुका साथै बलिङमा ३ विकेट लिएका थिए।
कोलकाताका रनदीप सिंहले बेस्ट क्याचको अवर्डा पाउँदा सिजनभर ४६ हैदरावादका अभिशेक शर्माले सर्वाधिक छक्का प्रहार गर्दै ‘सुपर सिक्सेस’ अवार्ड पाउँदा ६४ चौका प्रहार गरेका हैदरावादकै त्रभिस हेडले ‘रुपे अन द गो फोर’को अवार्ड पाए।
यस्तै हैदरावादले फेयरप्लेअकाे अवार्ड पायाे।