नोभाक जोकोभिचले डेनमार्कका होल्गर रुनेलाई पराजित गर्दै सोमबार विम्बल्डन २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। ग्रान्ड स्लाममा उनको यो ६०औं र विम्बल्डनमा १५औं क्वार्टरफाइनल यात्रा हो।
खेलमा भने उनी ६–३, ६–४ र ६–२ ले विजयी रहे। जोकोभिच आठौँ विम्बल्डन तथा समग्रमा २५ औं ग्रान्ड स्लाम उपाधि जित्ने उद्देश्यमा छन्।
अब उनले एलेक्स डे मिनरको सामना गर्नेछन्। मिनरले आर्थर फिल्सलाई ६–२, ६–४, ४–६ र ६–३ ले हराए । अमेरिकाका टेल फ्रिट्जले भने चौथो वरीयताका एलेक्जान्डर जेभरेभमाथि अप्रत्यासित जित हात पारे।
फ्रिट्ज ४–६, ६–७, ६–४, ७–६ र ६–३ ले विजयी रहे। सुरुआती दुई सेट गुमाएर पनि उनी जित आत्मसात् गर्न सफल रहेको हुन्।