पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबल ब्राजिल, अमेरिका र स्पेन विजयी भएका छन्।
समूह बीमा रहेको ब्राजिलले नाइजेरियालाई १–०ले हरायो। ब्राजिलका लागि गाबी नुनेजले ३७औं मिनेटमा निर्णायक गोल गरिन्।
समूह सीकै अर्को खेलमा अमेरिकाले दश खेलाडीमा समेटिएको जाम्बियालाई ३–० ले हरायो। अमेरिकाको जितमा मालोरी स्वानसनले दुई तथा ट्रिनिटी रोडम्यानले एक गोल गरिन्। यही समूहमा रहेको जर्मनीले अष्ट्रेलियालाई ३–०ले हरायो।
यस्तै, पेरिस ओलम्पिकमा विश्व विजेता स्पेनले पनि विजयी सुरुआत गरेको छ। समूह सीमा रहेको स्पेनले जापानमाथि २–१ को पुनरागमन जित निकाल्यो।
आओबा फुजिलोले १३औं मिनेटमा गोल गर्दै जापानलाई अग्रता दिलाएकी थिइन्। तर, अइटना बोनमाटीले २२औं मिनेटमा बराबरी गोल गरिन्। मारिया काल्डेन्टेले ७४औं मिनेटमा गोल गरेपछि स्पेन विजयी भयो।
अन्य खेलमा फ्रान्सले कोलम्बियालाई ३–२ ले हराउँदा क्यानडाले न्युजिल्यान्डमाथि २–१ को जित निकाल्यो।