ओलम्पिकमा सुटिङकी सुस्मिताको निशाराजनक प्रदर्शन

28 Jul, 2024
Share:
117 Shares

पेरिसमा जारी ओलम्पिक खेलकुद अन्तर्गत सुटिङको प्रतिस्पर्धामा नेपालकी सुस्मिता नेपालले निराशाजनक प्रदर्शन गरेकी छिन्।

आइतबार सुस्मिता महिलाको १० मिटर एयर राइफलको प्रतिस्पर्धामा ४३ जना खेलाडीले प्रतिस्पर्धा गरेकोमा ४२औं स्थानमा रहिन्।

उनले ६०७.८ अंक स्कोर गरिन्। यो उनको व्यक्तिगत रेकर्डभन्दा पनि कम स्कोर हो। यसअघि उनले एसियन च्याम्पियनसिपक क्वालिफायरमा ६१६.२ स्कोर गरेकी थिइन्।

सुस्मिताको स्पर्धामा ४३ खेलाडीले प्रतिस्पर्धा गरेकोमा शीर्ष आठ खेलाडी फाइनल स्पर्धाका लागि छनोट भएका छन्।

यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ प्रारम्भिक चरणमा पराजित हुँदा ब्याडमिन्टनका प्रिन्स दाहालले आफ्नो पहिलो खेलमा हारेका थिए।