ओलम्पिकमा एलेक्जेन्डर शाहले बनाए नयाँ राष्ट्रिय कीर्तिमान

30 Jul, 2024
Share:
117 Shares

जारी पेरिस ओलम्पिकमा नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

पुरुष १०० मिटर फ्रिस्टाइलमा एलेक्जेन्डरले ५१ः९१ सेकेन्डमा दुरी पार गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन्। यो स्पर्धामा उनकै नाममा ५२ः१७ सेकेन्डको कीर्तिमान थियो।

राष्ट्रिय कीर्तिमान कायम गरेपनि उनी हिट चरणबाटै बाहरिए। ८९ खेलाडीमा उनी ५९ औं स्थानमा रहे। हिट चरणबाट १६ खेलाडी फाइनल चरणमा पुगेका छन्।

उनले दोस्रो पटक ओलम्पिक खेलेका हुन्। उनले गत संस्करणको टोकियो ओलम्पिकमा ५३.४१ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए।