ओलम्पिक पदक तालिकामा चीन शीर्ष स्थानमै, अमेरिका दोस्रो स्थानमा आयो

2 Aug, 2024

पेरिस ओलिम्पक–२०२४ को सातौँ दिन चीनले पदक तालिकाको शीर्ष स्थान कायम राखेको छ ।

शनिबारदेखि सुरु भएको प्रतियोगितामा शुक्रबारका खेलहरू जारी रहँदा चीन ११ स्वर्ण पदकसहित शीर्ष स्थानमा छ । कुल २४ पदक जितेको चीनले सात रजत र ६ कांस्य जितेको छ ।

प्रतियोगिताको सातौँ दिन अमेरिका दोस्रो स्थानमा उक्लिएको छ । कुल ३७ पदक जितेको अमेरिकाले नौ स्वर्ण, १५ रजत र १३ कांस्य जितेको छ।

तालिकाको तेस्रो स्थानमा घरेलु टिम फ्रान्स छ । फ्रान्सले आठ स्वर्ण, ११ रजत र आठ कांस्यसहित २७ पदक जितेको छ । चौथो स्थानको अस्ट्रेलियाले पनि आठ स्वर्ण, ६ रजत र चार कांस्यसहित १८ पदक जितेको छ ।

पदक तालिकाको पाँचौँ स्थानमा जापान छ । जापानले आठ स्वर्ण, तीन रजत र पाँच कांस्यसहित कुल १६ पदक जितेको छ । छैटौँ स्थानमा ब्रिटेन छ । ब्रिटेनले ६ स्वर्ण, सात रजत र सात कांस्यसहित २० पदक जितेको छ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]