ओलम्पिकमा टर्किस सुटर डिकेचको चर्चा

2 Aug, 2024
Share:
117 Shares

टर्कीका सुटर युसुफ डिकेचले पेरिस ओलम्पिकमा जितेको रजत पदकमात्रै हो । उनले टर्कीका लागि १० मिटर एयर पेस्तोल मिक्स्ड टिम इभेन्टमा यो रजत हात पारे ।

तर त्यसको चर्चा भने कुनै स्वर्णभन्दा बढी भइरहेको छ। डिकेच त इन्टरनेट सेन्सेसनल साबित भएका छन्। यो सबैको कारण भने असाधारण छ ।

५२ वर्षीय यी सुटर खुबै शान्त र सौम्य देखिए । उनीसँग न त कुनै सुरक्षात्मक साधन थियो। उनले साधारण चश्माकै भरमा खेले। कुनै आवाजले व्यवधान नगरोस् भनेर त्यसबाट बच्न पनि उनले कानमा कुनै साधन प्रयोग गरेनन्।

सुटिङका बेला एउटा हात खल्तीमा थियो । उनी कति आत्मविश्वासी देखिएका थिए भने यही एक कारण उनका प्रतिद्वन्द्वी खेलाडीलाई उडान पर्याप्त रह्यो । डिकेच आफैंमा अनुभवी ओलम्पियन हुन्।

उनको यो पाँचौं ओलम्पिक हो, त्यो पनि लगातार  उनको पहिलो ओलम्पिक सन् २००८ को बेइजिङको संस्करण थियो। सन् २००६ ताका उनको नाममा एउटा विश्व कीर्तिमान थियो । उनी अहिले सबै खाले सामाजिक सञ्जालमा छाएका छन्।

उनले सव्वल इलायदा तरहानसँग मिलेर उक्त इभेन्टमा रजत जितेका हुन्। मिस्क्ड पेस्तोलको स्वर्ण सर्बियाका जोराना अरुनोभिच र दामिर माइकेकको जोडीले जित्दा कांस्य पदक भारतीय जोडी मनु भास्कर र सर्वजित सिंहले जितेका थिए।

व्यक्तिगततर्फ डिकेच १३औं स्थानमा रहे। उनले अर्को ओलम्पिका स्वर्ण जित्ने लक्ष्य रहेको बताएका छन्।