सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

लिग-२ का लागि नेपाली टिमको घोषणा, अर्जुन र रिजनको पुनरागमन, देव रिजर्भमा

[et_pb_section admin_label=”section”] [et_pb_row admin_label=”row”] [et_pb_column type=”4_4″][et_pb_text admin_label=”Text”]

आसन्न आईसिसी विश्वकप लिग–२को दोस्रो सिरिजनका लागि नेपाली टिमको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले श्रीलंकामा एक साताको अभ्यासपछि रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको हो।

क्यानले घोषणा गरेको टिममा अधिकांश पुरानै अनुहार छन्। टिममा विकेट किपर ब्याट्सम्यान अर्जुन साउँद र देव्रेहाते फास्ट बलर रिजन ढकालले टिममा पुनरागमन गरेका छन्। अर्जुन सन् २०२३ आईसीसी विश्वकप एकदिवसीय छनोटपछि पहिलो पटक टिममा परेका हुन्। रिजनले यसैवर्ष घरेलु मैदानमा भएको क्यानडाविरुद्धको एकदिवसीय सिरिजमार्फत राष्ट्रिय टिममा डेब्यू गरेका थिए। त्यसपछि आयरल्यान्ड एविरुद्धको घरेमै भएको सिरिज पनि उनी थिए। तर, त्यसपछि उनी टिममा थिएनन्।

यस्तै, क्यानले देव खनालले ट्राभलिङ रिजर्भका रुपमा टिममा सामावेश गरेको छ।

क्यानडामा नेपालले घरेलु टोली क्यानडा र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्नेछ। लिग–२ मा नेपालको यो दोस्रो सिरिज हो। नेपालले क्यानडासँग सेप्टेम्बर १६ र २२ तथा ओमानसँग सेप्टेम्बर १८ र २४मा खेल्ने छ।

लिग २ पछिको सिरिज सकिएपछि नेपालले ओमान र क्यानडासँगै त्रिकोणात्मक टि–२० सिरिज पनि खेल्ने छ। टि–२० सिरिजमा नेपालले सेप्टेम्बर २८ र १ अक्टोबरमा क्यानडासँग र सेप्टेम्बर २९ र अक्टोबर २ मा ओमानसँग खेल्नेछ।

त्यसपछि नेपाली टिम उतैबाट लिग–२को तेस्रो सिरिजका लागि अमेरिका प्रस्थान गर्नेछ।

नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल ९ट्राभलिङ रिजर्भ०

[/et_pb_text][/et_pb_column] [/et_pb_row] [/et_pb_section]

सेयर गर्नुहोस्

1.1KShares