सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि गुञ्जन शाहलाई क्यानको बोर्ड सदस्यबाट हटाइयो

SabaiKhel default image

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि गुञ्जन शाहलाई नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड सदस्यबाट हटाइएको छ।

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि गुञ्जनलाई बुधबारबाटै लागू हुनेगरी बोर्ड सदस्यबाट हटाइएको हो।

उनी असोज १९ गते राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा क्यानको बोर्ड सदस्य नियुक्त भएकी थिइन्।

क्रिकेटको नीतिगत ज्ञान र व्यवस्थापकीय अनुभव नभएको व्यक्तिलाई क्यानमा बोर्डमा पठाइएको भन्दै आलोचना भएपछि प्रधानमन्त्री कार्यालयको निर्देशनमा राखेपले उनलाई फिर्ता बोलाएको हो।

राखेपले फिर्ता बोलाउने निर्णय गरेपछि गुञ्जनले नियुक्तिपत्र क्यानका उपाध्यक्ष रोशन सिंहलाई बुझाएकी छिन्।

267शेयर