क्यानडा जानुअघि सन्दीपले भने– नेपालले विदेशी भूमिमा आफूलाई अब्बल प्रमाणित गर्नुपर्छ

10 Sep, 2024

आईसिसी विश्वकप लिग–२ अन्तर्गतको दोस्रो त्रिकोणात्मक सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिम आज क्यानडा प्रस्थान गर्दैछ। त्यहाँ नेपालले घरेलु टोली क्यानडा र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्नेछ।

क्यानडा जानुअघि नेपाली राष्ट्रिय महत्वपूर्ण सदस्य सन्दीप लामिछानेले नेपालले विदेशी भूमिका आफूलाई अब्बल प्रमाणित गर्नुपर्ने बताएका छन्। उनले घरेलु मैदानमा हारेको बिर्सनुप पर्ने पनि बताए।

‘यदि कसैलाई आएर हामीलाई घरेलु मैदानमा हराउँछ भने हामीले पनि विदेशमा गएर एसोसिएटको एउटा बलियो टोली रहेको प्रमाणित गर्नुपर्छ,’ सन्दीपले भने।

सन्दीपले एकदिवसीय क्रिकेटमा एक वर्षपछि पुनरागमन गर्न लागेका हुन्। आफूमाथि लागेको मुद्दाका कारण सन्दीपले घरमै भएको पहिलो त्रिकोणात्मक सिरिज गुमाएका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]