भारत्तोलनका कुशल बने युवा वर्ष खेलाडी, करातेका कुशल उत्कृष्ट प्रशिक्षक

13 Sep, 2024
Share:
117 Shares

पल्सर स्पोर्टस् अवार्डमा सर्वोत्कृष्ट युवा खेलाडीको अवार्ड भारत्तोलनका हेमन्त पालले जितेका छन्।

शुक्रबार आयोजित विशेष समारोहमा नेपाल खेलकुद पत्रकार मञ्चले भारतमा भएको एसियाली जुनियर भारोत्तोलनमा उनले तीन कांस्य जितेका हेमन्तलाई वर्ष युवा खेलाडीकाे अवार्ड दिएकाे हाे।

सर्वोत्कृष्ट युवा खेलाडी बन्ने क्रममा हेमन्तले क्रिकेटका अर्जुन कुमाल, टेबल टेनिसका सुजन बडाल, फुटबलकी प्रिती राई, टेनिसकी सुनिता थापालाई पछि पारे।

यस्तै करातेका प्रशिक्षक कुशल श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्।

१९औं एसियाली खेलकुदमा नेपाललाई रजत जिताउने प्रशिक्षक श्रेष्ठलाई वर्षको उत्कृष्ट प्रशिक्षक घोषणा गरेको हो।

यो अवर्डामा क्रिकेट मोन्टी देशाई, कबड्डीकी पार्वती राई, पारा ओलम्पिकका कबिराज नेगी लामा, भारत्तोलनका संजय महर्जन मनोनयनमा थिए।