सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

यस्तो छ नेपालको प्लेइङ ११

आईसिसी विश्वकप लिग–२ अन्तर्गतको दोस्रो सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध खेल्न नेपालले आफ्नो प्लेइङ ११ सार्वजनिक गरेको छ।

जसमा नेपालले ओपनरका रुपमा पुरानै जोडी कुशल भुर्तेल र आसिफ सेख छन्। यस्तै, मिडलअर्डरमा कप्तानका रोहितकुमार पौडेलसँगै भीम सार्की, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी छन्।

यस्तै, गुल्शन झाले पनि कन्डिसन अनुसार मिडलमै खेल्नसक्छन् भने टिममा सोमपाल कामी र करण केसीसँगै दुई स्पिनर सन्दीप लामिछाने र ललितनारायण राजवंशी पनि छन्।

क्यानडाको किङ सिटीमा हुने खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ।

सेयर गर्नुहोस्

1.1KShares