महिला भलिबल लिगको उपाधिका लागि कर्णाली र ललितपुर भीड्ने

5 Oct, 2024
Share:
117 Shares

नेपाल पहिलो पटक आयोजना भएको फ्रेन्चाइज महिला भलिबल एभरेस्ट महिला भलिबल लिग’को फाइलन आज हुँदैछ।

असोज १४ गतेबाट सुरु भएको प्रतियोतिगाको उपाधिका लागि कर्णाली यस्विस र ललितपुर क्विन्स भीड्दैछन्। फाइलन त्रिपेश्वरस्थित राखेप कभर्ड हलमा साँझ ५ः३० बजे सुरु हुनेछ।

कर्णाली सिंगल राउन्ड रोबिन लिगमा शीर्ष स्थानमा रह्यो भने ललितपुर दोस्रो स्थानमा रह्यो। लिगमा अपराजित रहँदा ललितपुरले ३ जित र २ हारको सामाना गरेको थियो।

ललितपुरले अन्तिम खेलमा चितवन शक्तिलाई हराएको थियो भने अर्को खेल कर्णालीले काठमडौं स्पिकर्सलाई हराएपछि हराएपछि उसको फाइनल पक्का भएको थियो।

लिगमा कर्णाली १३ अंकसहित शीर्ष स्थानमा रहँदा लतिलपुरको १० अंक रह्यो। ९ अंक जोडेको काठमाडौं तेस्रो हुँदा ७ अंकसहित चितवन चौथो, ६ अंक जोडेको गण्डकी थन्डर्स पाँचौं भयो। यता, निकै कमजोर देखिएको मधेश युनाइटेड भने लिगमा अंकबिहीन रह्यो।

लिग राउन्डमा कर्णालीले ललितपुरमाथि ३–०को सोझो सेटमा जित निकालेको थियो। अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा रहेको कर्णाली फाइलन पनि लिग चरणकै प्रदर्शन दोहो¥याउन दाउमा छ, लिगको नतिजाले ऊ केही उत्साहित पनि छ।

यता, ललितपुर भने लिग चरणमा ब्यहोरेको हारको बदला फाइनलमा लिने दाउमा छ। तर, लयमा रहेको कर्णालीलाई माथ दिन उसले उत्कृष्ट खेल पस्कन पर्ने छ।

कर्णालीलाई राष्ट्रिय टिमकी सदस्य सुमित्रा रेग्मीले नेतृत्व गरिरहेकी छिन् भने ललितपुरलाई राष्ट्रिय टिमकै सुनिल श्रेष्ठले नेतृत्व गरेकी छिन्।