पुबुदु बने नेपाली राष्ट्रिय टिमको मेन्टर

17 Oct, 2024

श्रीलंकन मुलका क्याडियन नागरिक पुबुदु दासानायके नेपाली राष्ट्रिय क्रिकेट टिमको मेन्टर बनेका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप लिग २ को अमेरिकामा हुने तेस्रो सिरिजका लागि पुबुदुलाई मेन्टर नियुक्त गरेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

नेपालले अक्टोबर २५ देखि ४ नोभेम्बरसम्म अमेरिका र स्कटल्याण्डसँग अमेरिकामा लिग टूको सिरिज खेल्ने छ।

नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक दासानायकेले केही समय अगाडि मात्रै क्यानडाको राष्ट्रिय टिम छाडेका थिए।

आगामी मंसिरमा हुने नेपाल प्रिमियर लिगका लागि उनी नेपाल आउने छन्। उनी जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]