रोहितको उत्कृष्ट ब्याटिङमा नेपालले अमेरिकालाई दियो २८७ रनको लक्ष्य

28 Oct, 2024
Share:
117 Shares

अमेरिका जारी आईसिसी विश्वकप लिग २को त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली अमेरिकालाई २८७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ।

डलासस्थित ग्रान्ड पेरी क्रिकेट मैदानमा कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले अन्तिम बलमा २८६ रनमा अलआउट हुँदै अमेरिकालाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो।

खेलमा नेपाललाई अनिकुमार साह र आसिफ सेखले उत्कृष्ट सुरुआत दिलाएका थिए। यी दुई पहिलो विकेटका लागि १५.४ ओभरमा ९८ रनको साझेदारी गरेका थिए। तर, मध्यक्रममा सुस्त गतिमा रन बनाउँदा नेपालले ३ सय रनको आँकडा पार गर्न सकेन।

नेपालका लागि कप्तान रोहितले ९६ रन बनाए। उनले ७५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। यस्तै, अनिलले ६२ बलमा ५ चौका मद्दतमा ५६ रन बनाउँदा आसिफले ५३ बलमा ७ चौका र १ छक्का मद्दतमा ५२ रन बनाए।

यस्तै, आरिफ सेखले ४५ बमला ३७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १३, कुशल भुर्तेलले ११ रनको योगदान दिए।

बलिङमा अमेरिकाका नोस्थुस केन्जिगेले ४ विकेट लिए भने सौरभ नेत्रवाल्करले २ विकेट लिए।