एसियाली मानसान तेक्वान्दो नेपालले जित्यो ४ स्वर्ण

30 Dec, 2024

एसियाली आमन्त्रण तथा नवौं मानसान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपालले ४ स्वर्ण जितेको छ। नेपालले ४ स्वर्णसहित १–१ रजत र कांस्य पनि जितेको छ।

पुरुष पुम्से ३० वर्षमाथि चन्द्र रानामगर, ह्यान्ड ब्रेकिङमा नन्दराज बाँस्कोटा, सिनियर पुरुष ८० केजीमुनि भीमबहादुर खड्का र १४ वर्षमुनि महिला पुम्सेमा निरोशा राणाले स्वर्ण जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जानकारी दिए।

उनका अनुसार प्रतियोतिगामा निरोशाले जुनियर ५२ केजीमुनि कांस्य पनि जितिन् भने सिनियर महिला ४९ केजीमुनि वर्षा थापाले रजत जितेका छन्।

चीनको नान्जिङमा भएको प्रतियोगितामा नेपालकी अस्मिता खड्का उत्कृष्ट निर्णायक बनिन्। नेपालका विकेश विडारी टोलीका प्रशिक्षक हुन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]