सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

इन्डो–नेपाल भलिबलमा आर्मीले भारतको गुजराजतलाई हरायो

प्रधानमन्त्री ओली र श्रीलङ्कका पूर्वराष्ट्रपति विक्रमासिङ्घेबीच शिष्टाचार भेट काठमाडौँ, १८ पुसः प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच बिहीबार प्रधानमन्त्री निवास, बालुवाटारमा शिष्टाचार भेट हुँदै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

मदन भण्डारी गोल्डकप इन्डो–नेपाल पुरुष भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ।

बुटबलमा जारी प्रतियोगितामा आर्मीले बिहीबार भारतका गुजरात प्रदेश भलिबल एशोसियसनलाई पराजित ३–१को सेटमा हरायो।

रामनगर खेल मैदानमा भएको प्रतियोगितामा आर्मीले पहिलो खेलमा पछि परेको अवस्था उल्टाउँदै जित निकालेको हो। पहिलो सेट २२–२५ ले गुमाएको थियो, तर त्यसपछि लागतार तीन सेट २९–२७, २५–२१ र २५–२२ ले जित्दै आर्मीले खेल आफ्नो पक्षमा बनायो।

आर्मीले दोस्रो खेल शनिबार गल्कोट भलिवल क्लबसँग खेल्नेछ।

पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागीता छ। प्रतियोगिताको विजेताले सात लाख ५० हजार, उपविजेताले तीन लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख ७५ हजार र सान्त्वना हुने टोलीले एक लाख रुपैयाँ पाउनेछन्।

1.3Kशेयर