इन्डो नेपाल भलिबलमा मदन भण्डारी स्पोर्टस एकेडेमी विजयी

3 Jan, 2025
Share:
117 Shares

बुटबलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ मा आयोजक आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी विजयी भएको छ।

बुटवल–१० स्थित रामनगर कोर्टमा शुक्रबार भएको खेलमा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा हरायो।

मदन भण्डारी स्पोर्टस एकेडेमीले रुकुममाथि २५–१९, २५–१४ र २५–२३को सहज जित निकाल्यो।

प्रतियोगितामा मदन भण्डारी स्पोर्टस एकेडेमीको यो पहिलो जित हो। यसअिघ ऊ उद्घाटन खलमा नेपाल पुलिस क्लबसँग ३–१ले पराजित भएको थियो।

यता, रुकुम पश्चिमको भने यो लागतार दोस्रो हार हो। ऊ पहिलो खेलमा मणिमुकुन्द क्लबसँग ३–० कै सोझो सेटमा पराजित भएको थियो।

प्रतियोगितमा मदन भण्डारी स्पोर्टस एकेडेमीले आइतबार मणिमुकुन्द क्लबसँग खेल्ने छ भने रुकुम पश्चिमले सोमबार नेपाल पुलिस क्लबसँग खेल्ने छ।