जय ट्रफीमा मधेशविरुद्ध सन्दीपले लिए ५ विकेट, मधेश १०२ रनमै अलआउट

5 Jan, 2025
Share:
117 Shares

वीरगञ्ज र जनकपुरमा जारी मल्टिडे क्रिकेट अर्थात जय ट्रफी पुरुष एलिट कपको पहिलो खेलमै स्टार स्पिनर सन्दीप लामिछानेले ५ विकेट लिएका छन्।

जनकपुरस्थित रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा बागमती प्रदेशको कप्तानी गरिरहेका सन्दीपले मधेश प्रदेशविरुद्ध ५ विकेट लिएका हुन्।

सन्दीपले घातक बलिङ गरेपछि टस जितेर पहिला ब्याटिङ गरेको मधेश पहिलो पारीमा ३५.३ ओभरमा १०२ रनमै अलआउट भयो। उसका लागि ओपनर मयन यादवले सर्वाधिक २१ रन बनाउँदा विशाल पटेलले १६, निरज यादवले १२, अविशेक तिवारीले ११ र हिमांशु दत्तले १० रन बनाए।

अन्यले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। मधेशको इनिङ धरासायी बनाउने क्रममा सन्दीपले १४ आभेरमा २ मेडनसहित ४१ रन खर्चेर ५ विकेट लिए। यस्तै, सूर्य तामाङले २.३ ओभरमा ७ रन खर्चेर ३ विकेट लिँदा नन्दन यादव र प्रतिश जिसीले समान १ विकेट लिए।