ब्याटिङमा आर्मीको लय, कटायो २ सय रन

8 Jan, 2025

दुई दिवसीय क्रिकेट ‘जय ट्रफी एलिट कप’को दोस्रो खेलमा विभागीय टिम त्रिभुनव आर्मी क्लबले उत्कृष्ट ब्याटिङ गरेको छ। 

जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा टस हारोर पहिला ब्याटिङ गरेको आर्मीले बागमती प्रदेशविरुद्ध ताजा अवस्थामा ५५ ओभरमा ५ विकेटको क्षतिमा २४२ रन बनाएको छ। 

ठूलो योगफल बनाएको आर्मीलाई ओपनरद्वय इमरान सेख र तृतराज दासले उत्कृष्ट सुरुआत दिलाए। उनीहरुले पहिलो विकेटका लागि प्रतियोगिताकै ठूलो १०३ रनको शतकीय साझेदारी गरे। जसमा इमरानले १०४ बलमा ११ चौका प्रहार गर्दै सर्वाधिक ७२ रन बनाउँदा तृतराजले  ७८ बलमा ६ चौका मद्दतमा ४४ रन बनाए।

मिडलअर्डरमा भीम सार्की र बासिर अहमदले पनि उत्कृष्ट इनिङ खेले। जसमा बासिर ४० रन बनाएर खेलिरहेका छन् भने भीमसले ५१ बलमा ३२ रन बनाए। बासिरलाई १८ रन बनाएर कुशल मल्लले साथ दिइरहेका छन्।

बलिङमा बागमतीका विपिन आचार्यले ३ विकेट लिँदा कप्तान सन्दीप लामिछानेले २ विकेट  लिए।