जय ट्रफी उपाधि जित्न आर्मीलाई १०३ रनको सामान्य लक्ष्य

16 Jan, 2025

मल्टी डे क्रिकेट प्रतियोगिता जय ट्रफीको उपाधि जित्न विभागीय टिम त्रिभुवन आर्मी क्लबले १०३ रनको सामान्य लक्ष्य पाएको छ।

तीन दिवसीय फाइनलको अन्तिम दिन दोस्रो इनिङमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई १३९ रनमै अलआउट गरेपछि आर्मीले उपाधिका लागि सामान्य लक्ष्य पाएको हो।

दोस्रो इनिङमा पुलिसले ४९.१ ओभर खेल्दै १३९ रन मात्र बनाउनका सक्यो। उसका लागि कुशल भुर्तेलले ४५ र दिलिप नाथले ३४ रन बनाए।

पुलिसको इनिङ धरासायी बनाउने क्रममा आर्मीका साहब आलम र बासिर अहमद दुवैले समान ५ विकेट लिए। आर्मीले दोस्रो इनिङमा ३ बलर मात्र प्रयोग गरेको थियो। जसमा आकाश चन्दले २ ओभर गर्दा बासिर र साहबले ४७.१ ओभर बलिङ गरेका थिए।

त्यसअघि पुसिले पहिलो इनिङमा १३३ रन बनाउँदा आर्मीले १७० रन बनाएको थिाये।

ताजा अवस्थामा आर्मीले ९ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा २६ रन बनाएको छ। उसका इमरान शेख १४ र बासिर ५ रन बनाएर खेलिरहेका छन्। पुलिसका लतिल राजवंशीले २ र सागर ढकालले १ विकेट लिए।