जुनियर एथलेटिक्समा भारतमा अजयले दिलाए नेपाललाई कांस्य

13 Sep, 2024

चौथो दक्षिण एसियाली जुयिनर एथलेटिक्स च्याम्पियनसिपमा नेपालका अजय बिकले कांस्य पदक जितेका छन्।

भारतको चेन्नई तमिलनाडुमा भइरहेको प्रतियोगितामा अजयले ३ हजार मिटर दौडमा उक्त पदक जितेका हुन्। उनले ९ मिनेट ०८.९१ सेकेन्डमा दौड पूरा गरेका थिए।

९ प्रतिस्पर्धी रहेको यस स्पर्धामा स्वर्ण र रजत दुवै भारतीय खेलाडी शारुक खान र मोहित चौधरीले जितेका थिए। शारुकले ८ मिनेट २६.०६ सेकेन्डबाट स्वर्ण जित्दा मोहितले ८ मिनेट २७.६१ सेकेन्डबाट रजत जिते।

महिलातर्फ ३ हजार मिटर दौडमा नेपालकी अस्मिता भुजेल थोरै टाइमिङले कांस्य जित्नबाट वञ्चित भइन । उनले चौथो स्थानमा दौड पूरा गर्दा १० मिनेट ४६.१५ सेकेन्डको समय निस्केको थियो।

कांस्य जितेकी श्रीलंकन धाविका दुलान्जीले १० मिनेट ३९.३९ सेकेन्ड लगाइन्। पहिलो र दोस्रो स्थान भारतीय खेलाडीले हात पारे।

आज सकिने प्रतियोगितामा नेपालका ५ पुरुष र ४ महिला खेलाडीले भाग लिइरहेका छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]