ऐतिहासिक पदक विजेता पलेशा बुधबार नेपाल आउँदै, नगर परिक्रमा गरिने

3 Sep, 2024
Share:
117 Shares

ओलम्पिकमा नेपाललाई ऐतिहासिक पदक दिलाइएकी पार तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन बुधबार नेपाल आइपुग्ने भएकी छिन्। फ्रान्समा जारी पार ओलपिकमा नेपाल ऐतिहासिक कास्य पदक दिलाएकी पलेशा बुधबार बिहान ८ बजे त्रिभुवन विमानस्थल आइपुग्ने छिन्।

पलेशाले के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनी प्रतिस्पर्धामा कास्य पदक जितेकी थिइन्। यो नेपाली खेलाडीले ओलम्पिकमा जितेको पहिलो पदक हो।

काठमाडौं आइपुगेलगत्तै पलेशासहितको टोलीलाई नगर परिक्रमा गराइने भएको छ। नेपाललाई ऐतिहासिक पदक दिलाएकी पलेशाको स्वागतलाई भव्य बनाउन राष्ट्रिय खेलकुद परिषदले नगर परिक्रमा गरिने जनाएको छ।

नगर परिक्रमा गौशला नयाँ बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै रापेख परिसर, त्रिपुरेश्वर पुगेर सकिनेछ।