पेरिस ओलम्पिक : महिला सय मिटरमा सेन्ट लुइसकी अल्फ्रेडले जितिन् ऐतिहासिक स्वर्ण

4 Aug, 2024
Share:
117 Shares

सेन्ट लुइसकी जुलियन अल्फ्रेडले शनिबार पेरिस ओलम्पिक २०२४ को महिला सय मिटर दौडको प्रतिष्ठित स्वर्ण जितेकी छिन्। सेन्ट लुइसले ओलम्पिक इतिहासमा जितेको यो नै पहिलो पदक हो।

स्टाडे डे फ्रान्समा २३ वर्षीय खेलाडीले १०.७२ सेकेन्डमा दौड पूरा गरिन्। विश्व च्याम्पियन अमेरिकी खेलाडी साकारी रिचर्डसन दोस्रो तथा अमेरिकाकै मलेसिया जेफरसन तेस्रो स्थानमा रहे।

राष्ट्रकै लागि पहिलो स्वर्ण जितेपछि भावुक बनेकी अल्फ्रेडले स्वर्ण पदक ११ वर्षअघि निधन भएका आफ्नो बुबाप्रति समर्पित गरिन्।

जिम्न्यास्टिकमा अमेरिकाकी सिमोन बायल्सले महिला भल्टमा स्वर्ण जितिन्। यसपल्टको ओलम्पिकमा उनको यो तेस्रो स्वर्ण हो।

यस्तै पौडीमा अमेरिकाकी केथी लेडस्कीले आठ सय मिटर फ्रि स्टाइलमा स्वर्ण हात पारिन्। उनको यो पेरिस ओलम्पिकमा यो चौथो स्वर्ण हो।