नेपाली अल्ट्रा धावक प्रियाले जितिन् मलेसिया अल्ट्रा रेस उपाधि

19 Nov, 2024
Share:
117 Shares

नेपालकी अल्ट्रा धावक प्रिया राईले मलेसियामा भएको ‘अल्ट्रा रेस युटिएमबी बाई मलेसिया’को उपाधि जितेकी छिन्।

मलेसियाको टिपिङमा रेसको महिला ५४ किमीतर्फको उपाधि प्रियाले जितेकी हुन्। १ हजार बढी धावक सहभागी रेसमा उनले निर्धारित दूरी ६ घण्टा ५० मिनेटमा पुरा गरेकी थिइन्।,

यो रेसमा स्वीट्जरल्याण्डकी रेबेका होर्मान दोस्रो र दक्षिण कोरियाकी सोजी पार्क तेस्रो भइन्।

उपाधि जितेपछि प्रियाले यो पटकको दौड निकै कठीन भएको बताइन्। उनले आफूलाई मलेसियामा दौडन मन पर्ने बताइन्।

पछिल्लो समयमा प्रियाले अन्तर्राष्ट्रिय ट्रेल रेसमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् ।

गत असोजमा मलेसियामै भएको एसिया ट्रे मास्टर्स रेसको उपाधि जितेकी प्रिया कात्तिकमा दक्षिण कोरियामा भएको एसिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिपको सर्ट रेस महिलातर्फ दोस्रो भएकी थिइन्।