सन्तोषीले पेरिस ओलम्पिक खेल्ने

17 May, 2024

धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक खेल्ने भएकी छिन्। यसैवर्ष फ्रान्समा आयोजना ओलम्पिकमा वाइल्ड कार्डमार्फत म्याराथनमा सहभागीता जनाउने भएकी हुन्।

नेपाल ओलम्पिक कमिटी र नेपाल एथ्लेटिक्स संघको सिफारिसलाई अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघले स्वीकृति दिएपछि सन्तोषीले वाइल्ड कार्डमार्फत ओलम्किप खेल्ने पक्का भएको हो।

ओलम्किप खेल्न पाउँदा खुसी भएको बताउँदै सागकी स्वर्ण विजेता सन्तोषीले ओलम्पिकमा राम्रो प्रदर्शन गर्न प्रयास गर्ने बताएकी छिन्।

गतवर्ष चीनमा भएको एसियन गेम्समा पनि सहभागीता जनाएकी सन्तोषी सागमा एथ्लेटिक्समा स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी हुन्।

सन्तोषीसँगै नेपालबाट ओलम्किप खेल्ने तीन खेलाडी फिक्स भएको छ। यसअघि ब्याडमिन्टनका प्रिन्स दाहालले वाइल्ड कार्डबाटै र टेबलटेनिसका स्यान्टु श्रेष्ठले छनोट मार्फत ओलम्किपमा स्थान पक्का गरेका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]