चीनमा नेपालकी सुनमायाले जितिन् कीर्तिमानसहित ट्रेल रेस उपाधि

21 Oct, 2024
Share:
117 Shares

नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा भएको अल्ट्रा ट्रेल रेसमा कीर्तिमानी समयसहित उपाधि जितेकी छन्।

अल्ट्रा ट्रेल निन्घाई बाई युटिएमबी रेस कीर्तिमानी समय निकाल्दै सुनमायाले उपाधि जितेकी हुन्। उनले निर्धारित ६० किलोमिटर दुरी सुनमायाले ५ घण्टा ४० मिनेट ०३ सेकेन्डमा पूरा गरेकी थिइन्।

दोस्रो भएकी इस्टर सिलाङले ६ घण्टा ५ मिनेट ३७ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् भने रुक्षफाङ चोउ तेस्रो भइन्।

पछिल्लो समयमा सुनमायाले लगातार अन्तर्राष्ट्रिय ट्रेल रेसहरुमा भाग लिइहरेकी छन्। उनले गत चैतमा चीनमै भएको गोल्डेन कोस्ट ट्रेल रेसको उपाधि जितेकी थिइन् ।