ज्ञानेन्द्रलाई क्यानको पुरस्कार, फर्ममा नहुँदा पनि टिममा

Read Time:5 Minute

क्यानले टि–२० विश्वकप छनोटका लागि खेलाडी छनोट गर्न भन्दै यो पटक प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा फर्म्याट परिवर्तन गर्‍यो र टि–२० बनायो । प्रतियोगिता बुधबर मात्र सकियो, नेपाल पुलिस क्लबलाई हरारउँदै प्रतियोगिताको उपाधि एपिएफले उचाल्यो।

विश्वकप छनोटका लागि टिम छनोट गर्ने प्रमुख आधारमा रुपमा रहेको प्रतियोगितमा फ्लप हुने राष्ट्रिय टिमका नियमित सदस्यको नाम निकाल्ने हो भने त्यो सूचीको पहिलो नम्बरमै नाम आउँछ– पूर्वकप्तान ज्ञानेन्द्र मल्ल।

तर, त्यो आउट फर्मले ज्ञानेन्द्र कुनै फरक पारेन् । उनी विश्वकपको ग्लोबल छनोट खेल्ने १६ सदस्य नेपाली टिममा अटाए । प्रतियोगितामा उनले ५ खेलमा जम्मा ७२ रन मात्र बनाएका थिए। उनी सर्वाधिक रन बनाउनेको सूचीमा २२औं नम्बरमा थिए।

फर्म नरहेका ज्ञानेन्द्र राष्ट्रिय टिममा पर्नुलाई धेरैले आश्चर्यका रुपमा हेरेका छन्। अनि प्रश्न पनि गरेका छन्– आउट फर्म हुँदा पनि ज्ञानेन्द्र राष्ट्रिय टिममा किन?

धेरैले यो प्रश्नको उत्तरका रुपमा ‘ज्ञानेन्द्रलाई क्यानको पुरस्कार’ भन्ने पनि दिएका छन्। यो तर्क धेरै हदसम्म सही पनि छ ।

विश्वकप छनोटका लागि बन्द प्रशिक्षण सुरु गर्दा क्यान–खेलाडीबीच ठूलो विवाद थियो । क्यानले गरेको खेलाडी वर्गिकरणप्रति मिडियामा असन्तुष्टी जनाएपछि सुरु भएको क्यान–विवाद कप्तानलाई हटाउनेदेखि ६ महिना वर्गिकरणमा नराख्नेसम्म पुग्यो।

असन्तुष्ट खेलाडीको नेतृत्व तत्कालिन कप्तान ज्ञानेन्द्रले गरेका थिए। उनीसँगै थिए, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामी। खेलाडीमाथि काबराही गरेपछि क्यानमाथि चर्को दबाब प¥यो, समर्थकदेखि नेतासम्मको । माओवादी अध्यक्ष प्रचण्डदेखि खेलकुदमन्त्रीसम्मले क्यानको खुलेरै विरोध पनि गरे।

क्यान–खेलाडीबीचको विवाद बन्द प्रशिक्षण सुरु भएको भलिपल्टसम्म रह्यो। क्यानले बन्द प्रशिक्षणका लागि ३० खेलाडीलाई बोलाए पनि खेलाडीमाथि गरिएको कारबाहीको विरोध गर्दै आधा खेलाडीमा मात्र प्रशिक्षण भए ।

त्यसपछि क्यानले असन्तुष्ट खेलाडीका नेता ज्ञानेन्द्रसँग पटक–पटक वार्ता ग¥यो । र, बन्द प्रशिक्षण सुरु भएकै दिन पुस १९ गते बेलुमा टिममा सहभागी हुन मल्लसहितका सबै खेलाडी होटल पुगे । क्यानले ६ महिना वर्णिकरणमा सहभागी नगराउने निर्णय खारेज गरेपछि खेलाडी प्रशिक्षणमा फर्किएका थिए ।

त्यही क्यान खेलाडी विवाद अन्त्य गरेकै आधारमा ज्ञोन्द्रलाई टिमलाई राखिएको भन्नेहरू पनि धेरै छन्। ज्ञानेन्द्र टिममा पर्नुको अन्य गतिलो कारण भने छैन।

फेरि कतिपयले टिममा अनुभवी खेलाडी पनि त चाहियो भन्नलान् । त्यसो हो भने पिएम कपका फ्लम स्टार विनोद भण्डारी र सोमपाल कामी टिममा किन छैनन् त? टिममा ज्ञानेन्द्र जत्तिकै अनुभव शरद भेषावकर, सन्दीप लामिछाने, प्रदीप ऐरीहरुसँग पनि छ।

यस्तो प्रश्न गरिहँदा सोमपाल र विनोदलाई पनि टिममा राख्नु पर्छ भन्ने होइन् । फर्ममै नरहेका ज्ञानेन्द्रलाई टिममा राखिएको प्रति मात्र आपत्ति हो। राष्ट्रिय टिमका लागि खेलाडी छनोट प्रदर्शनका आधारमा गर्ने होइन्? अनि, फर्म रहेका खेलाडीलाई बाहिर राख्दै ज्ञानेन्द्रलाई मौका किन?

क्यानले गरेको खेलाडी छनोटमा प्रश्न गर्ने ठाउँ अरु पनि छन्। पिएम कपका सर्वोत्कृष्ट बलर बनेका स्पिनर अनिल खरेल किन टिममा परेनन् ? अनि अलराउन्डर कुशल मल्ल र औसत प्रदर्शन गरेका स्पिनर साहब आलम टिममा किन?

टिममा नपर्नुलाई आश्चर्यका रुपमा हेरिएको छ। उनको स्थानमा प्रतियोगितामा ठिकठाक प्रदर्शन गरेका साहब आलमलाई टिममा राखिएको छ। प्रतियोगितामा अनिलले ४खेलमा १० विकेट लिएका थिए भने साहबले ६ विकेट लिएका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post राष्ट्रिय टिममा प्रदीप र जितेन्द्रको पुनरामगन, विवेक र लोशक पहिलो पटक टिममा
Next post पोखरामा अञ्जनलाई सर्वोत्कृष्ट खेलाडीको सम्मान
Close