प्रशिक्षक बने ज्ञानेन्द्र मल्ल

12 Jan, 2024
Share:
117 Shares

अघिल्लो वर्ष खेल खेल जीवनबाट सन्न्यासको घोषणा गरेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल प्रशिक्षक बनेका छन्।

टेक्निकलका रुपमा नेपालले पाएको अहिलेसम्मकै उत्कृष्ट ब्याट्सम्यानमा गनिने मल्लले विभागीय टिम एपिएफ क्लब प्रशिक्षण करिअर थालेका छन्।

भोलिबाट काठमाडौं र भैरहवामा संयुक्त रुपमा सुरु हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा ज्ञानेन्द्र एपिएफमा प्रशिक्षकका रुपमा देखिनेछन्।

खेलाडीका रुपमा पनि एपिएफबाट खेलेका ज्ञानेन्द्रलाई एपिएफले केही दिनअघि मात्र प्रशिक्षकको जिम्मेवारी दिएको हो।

ज्ञानेन्द्रको प्रशिक्षणमा एपिएफको कप्तानी वर्तमान राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलले गर्नेछन्। रोहितलाई पनि एपिएफले भर्खरैमात्र अनुबन्धन गरेको हो। उनी अर्को विभागीय टिम त्रिभुनव आर्मी क्लब छाड्दै एपिएफ आएका हुन्।