°
, May 30, 2023 in

ए डिभिजन लिग

ए डिभिजन लिगफुटबल

चर्च बोइजको सहज जित, शीर्ष स्थानमा ४ अंकको अग्रता

सहिद स्मारक ए डिभिजन लिगमा चर्च बोइज युनाइटेडले सहज जित निकालेको छ। मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चर्च बोइजले विभागीय टिम एपिएफ माथि ४–१को जित निकाल्यो। यो जितसँगै चर्च बोइजले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ। उसको २३ खेलमा ४१ अंक भएको छ। समान खेलबाट ३७ अंक जोडेको जावलाखेल युथ क्लब दोस्रो स्थानमा…

ए डिभिजन लिगफुटबल

जावलाखेलले आर्मीलाई हरायो, उपाधि आशा कायमै

सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लब विजयी भएको छ। मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकको खेलमा जावलाखेलले विभागीय टिम त्रिभुनव आर्मी क्लबमाथि २–०को जित निकाल्यो। प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा जावलाखेल हावी भयो। ५५औं मिनेटमा एनकोटो मासोबीको गोलमा खेलमा जावलाखेलले सुरुआती अग्रता लियो। ७८औं मिनेटमा मासोबीले गोल…

ए डिभिजन लिगफुटबल

फ्रेन्ड्समाथि पुलिसको जित

सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ। सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबमाथि २–१ को जित निकाल्यो। पुलिसको जितमा अन्जन राईले दुई गोल गरे भने फ्रेन्ड्सका विकास थापाले गोल गरे। खेलमा तेस्रो मिनेटमै पुलिसले अग्रता लियो । उसका अन्जनले गोल गरेका थिए । २०औं मिनेटमा विकासले…

ए डिभिजन लिगफुटबलसमाचार

पुछारको खुमलटारले हिमालयन शेर्पालाई हरायो

सहिद स्मारक एडिभिजन लिगमा पुछारको एफसी खुमलटार विजयी भएको छ। सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खुमलटारले हिमालयन शेर्पा क्लबलाई २–१ले हरायो। खुमलटारको जितमा मेसुके ओलुमोउ र स्टेफन बिनोङले गोल गरे भने हिमालयनका मानुएल एग्योमाङले गोल गरे। एक गोलले पछि परेको अवस्था उल्टाउँदै खुमलटारले जित निकालेको हो । छैटौं मिनेटमा एग्योमाङको गोलमा हिमालयन शेर्पाले सुरुआती…

ए डिभिजन लिगफुटबल

७ बराबरीपछि मनाङको जित, रेलिगेन खतरा टर्दै

सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले लागतार ७ बराबरीपछि पहिलो जित निकालेको छ। आइतबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मनाङले थ्री स्टारमाथि १–०को जित निकाल्यो । मनाङको जितमा चेतनकुमार थारुले निर्णायक गोल गरे। उनले ३८औं मिनेटमा गोल गरेका थिए। त्यसपछि गोल नहुँदा मनाङ विजयी भयो। लागतार ७ बराबरीपछि मनाङलाई रातहत भएको छ। लगातार…

ए डिभिजन लिगफुटबल

संकटासँग हार्‍यो शीर्ष स्थानको चर्च बोइज, उपाधि होड रोमाञ्चक

सहिद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थाको चर्च बोइज क्लब पराजित भएको छ। शनिबार दशरथ रंगशालामा भएको खेलमा शीर्ष स्थानको चर्च बोइज रेलिगेसन जोनको संकटा क्लबसँग १–० ले पराजित भयो। चर्च बोइजको पराजयसँगै लिगको उपाधि होड रोमाञ्चक बनेको छ। लिगको ४ चरणको खेल मात्र बाँकी हँदा चर्च बोइज, मछिन्द्र र जावलाखेल युथ क्लबबीच तीव्र प्रतिस्पर्धा…

ए डिभिजन लिगफुटबल

जावलाखेलमाथि एपिएफको जित

ए डिभिजन लिगमा विभागीय टिम एपिएफ विजयी भएको छ। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा एपिएफले जाउलाखेललाई २–० ले हरायो । २३औं मिनेटमा अर्मान्ड बेउडमले गोलमा खेलमा एपिएफले अग्रता लियो । पहिलो हाफकै इन्जुरी समयमा आवास लामिछानेले गोल गर्दै एफिएफलाई २–०को अग्रता दिलाए। खेलको ८४औं मिनेटमा एपीएफका कप्तान नविन लामा र जाउलाखेलका अब्दुलाजिज निशानबाएभले रातो…

ए डिभिजन लिगफुटबल

मछिन्द्रको उपाधि होडमा आर्मीको धक्का

यसअघिका २ सिजनको विजेता मछिन्द्र क्लब तेस्रो पटक उपाधि जित्ने होडमा छ । तर, उसको तेस्रो पटक उपाधि जित्ने अभियानमा त्रिभुवन आर्मी क्लबले धक्का दिएको छ। लिगका अब चार चरणको खेल मात्र बाँकी रहँदा मछिन्द्र महत्वपूर्ण खेलमा शनिबार विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग १–१को बराबरीमा रोकियो। लिगमा मछिन्द्रको यो लागतार तेस्रो बराबरी हो । यसअघि…

ए डिभिजन लिगफुटबलसमाचार

खुलमटारमाथि पुलिसको जित, खुमलटारलाई रेलिगेसन दबाब

सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ। शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले लिगको पुछारमा रहेको एफसी खुमलटारमाथि २–०को जित निकाल्यो। पुलिससँगको यो हारले नवप्रवेशी क्लब खुमलटारमाथि रेलिगेसन दबाब बढेको छ। लिगको ५ चरण मात्र बाँकी रहँदा खुमलटार २१ अंकसहित पुछारमै छ। उसले लिगमा ६ जित र ३…

ए डिभिजन लिगफुटबलसमाचार

सातदोबाटोमाथि फ्रेन्ड्सको सानदार जित, छाड्यो रेलिगेसन जोन

सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लब विजयी भएको छ। बिहीबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमो फ्रेन्ड्सले सातदोबाटो युथ क्लबमाथि ४–१को सानदार जित निकाल्यो। फ्रेन्ड्सको जितमा टोरिक जेब्रिनले २ गोल गरे भने राफिक अमिनु र प्रकाश बुढाथोकीले पनि गोल गरे। खेलको पहिलो मिनेटमै अमिनुको गोलमा फ्रेन्ड्सले सुरुआती अग्रता लियो। पहिलो हाफ १–०मै सकियो। तर, दोस्रो…