आयोजकलाई हराउँदै एपिएफ आरा रारा गोल्डकपको सेमिफाइनलमा

आयोजक साहरा क्लब पोखरालाई पराजित गर्दए विभागीय टिम एपिएफ १९औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार पोखरा रंगलशालामा भएको प्रयोगिताको उद्घाटन खेलमा साहरा क्लबलाई १–०ले हराउँदै एपिएफ अन्तिम ४ मा पुगेको हो।

एपीएफलाई जित दिलाउन आशिष लामाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेल सकिन ३ मिनेट बाँकी छँदा ८७औं मिनेटमा आशिषले गोल गरेपछि एपिएफ सेमिफाइनलमा पुग्यो। प्रदिप लामाको पासमा डिबक्सभित्रबाट आशिषले उत्कृष्ट गोल गरेका थिए ।

प्रतियोगिता अन्तर्गत आइतबार मछिन्द्र क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ।

साहरा क्लबले आयोजना गरेको प्रतियोगितामा कुल ८ वटा टिमको सहभागी छन् । जसमा एपिएफ र साहरासहित ए डिभिजन क्लबहरु मनाङ मर्स्याङदी, नेपाल पुलिस क्लब, थ्रीस्टार, संकटा क्लब र मच्छिन्द्र क्लब छन् । विदेशी टोली अफ्रिकन रुट एशोएशन, डउला क्यामरुन सहभागी छ ।

प्रतियोगिताको विजेता टोलीले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार रुप्रयाँ प्राप्त गर्ने छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.